काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार विहान काठमाडौंको काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएका हुन् ।
ढुंगेल काठमाडौं गोठाटारस्थित आफ्नै निवासको ट्वाइलेटमा लडेर निधन भएको एमालेका नेता जीवी खड्काले बताए ।
परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए ।
अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ ।
ओखलढुंगाका नेता उनी नेकपाको एकता भंग हुँदा माओवादीमा नफर्कि एमालेमा नै बसेका थिए ।