मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

भीम रावललाई उम्मेदवार नबनाएको भन्दै एमाले अछाम संयोजक शाहले दिए राजीनामा

शनिबार, असोज २२ २०७९

काठमाडौं  । नेकपा एमालेका नेता भीम रावललाई टिकट नदिएको भन्दै अछाम जिल्ला समन्वय कमिटीका संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् ।

जिल्ला समन्वय कमिटीले भीम रावललाई अछाम क्षेत्र १ बाट सर्वसम्वत रुपमा प्रतिनिधिसभा निर्वाचनको लागि सिफारिस गरेको थियो । 

कमिटीको सिफारिस विपरित केन्द्रले अरुलाई नै उम्मेदवार बनाएकोमा नैतिकताका अधारमा उक्त पदमा बसिरहन नहुने ठहरसहित शाहले राजीनामा  दिएका छन् ।