बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बेलायतको बहिर्गमनप्रति इयुका नेताद्वारा दुःख व्यक्त

बिहिबार, चैत्र १७ २०७३

ब्रसेल्स, १७ चैत ।

ब्रसल्समा व्यक्त प्रतिक्रियाहरु प्राय दुस्खपूर्ण रहे तर बाँकि युरोप एकताबद्ध रहने संकेत पनि नेताहरुले व्यक्त गरे। ब्रिटिश प्रधानमन्त्रीको ब्रेक्जिट सम्बन्धी औपचारिक सूचनायुक्ता पत्र पाए लगत्तै युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टुस्कले ब्रसल्स र लण्डन दुवैका निम्ति यो राम्रो दिन नभएको प्रतिक्रिया दिए।

तर उनले ब्रेक्जिटको एउटा सकारात्मक पक्ष भन्दै त्यसले बाँकि २७ देशलाई इयुमै बसिरहन थप प्रतिबद्ध र एकताबद्ध बनाएको उल्लेख गरे। फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ ओलाँदले ब्रक्जिट युरोपका निम्ति भावनात्मक रुपमा पीडादायी भएपनि ब्रिटेनका निम्ति आर्थिक रुपमै पीडादायी हुने बताए।

जर्मन चान्सलर एंगेला मर्कलले जर्मनी वा अन्य युरोपेली मुलुक कसैले पनि एक बलियो र महत्वपूर्ण सदस्य विदा हुनुपर्ने यस्तो दिन आओस् भन्ने नचाहेको बताइन्।

कतिपय युरोपेली नेताहरुले ब्रिटेनले ब्रेक्जिटको वार्ताका साथसाथै इयुसंग नयाँ व्यापार सम्बन्धबारे पनि वार्ता गर्न चाहेको प्रति कडा टिप्पणी गरेका छन्। युरोपेली संघ इयुबाट ब्रिटेनको बहिर्गमनका शर्तहरुबारे चल्ने वार्तासंगसंगै दुई पक्षबिच नयाँ व्यापार सम्बन्धबारे पनि सहमति गर्ने ब्रिटिश योजनालाई उनीहरुले अस्वीकार गरेका छन्।
ब्रिटेनले औपचारिक रुपमा संघ छाड्ने प्रक्रियाको शुरुवात गरेकै दिन युरोपेली संसदका अध्यक्ष एन्टोनियो तायानीले दुई वर्षमा संघ छाड्नु अघि इयुका कानुन उल्लंघन हुने गरि कुनै पनि एक पक्षीय कार्य नगर्न ब्रिटेनलाई चेतावनी दिएका छन्। उनले ब्रिटेनलाई उसका दायित्वबारे स्मरण गराउँदै भने, ‘संयुक्त अधिराज्यले उसका वित्तिय प्रतिबद्धताहरुको पालना गर्नुपर्छ। तर पहिला उसले सहमति नजनाएका कुनै पनि काम गर्न ऊ वाध्य हुने छैन।’

फ्रान्सका राष्ट्रपतिले इयु छाड्न लागेको भन्दै ब्रिटेनमाथि कुनै सजाय दिने आशय हुन नहुने भएपनि यो प्रक्रिया संयुक्त अधिराज्यको निम्ति पीडादायी हुने बताए। ब्रिटिश प्रधानमन्त्री टरिजा मे ले चाहिं बीबीसीसंग कुरा गर्दै संघ छाडेपनि ब्रिटेनले उपभोग गर्दै आएका व्यापारिक फाइदाहरु कायम रहने पुन ः दोहोर्याएकी छन्। युरोपेली एकल बजारसंग स्वतन्त्ररुपमा व्यापार गर्न पाउने व्यापार सम्झौता आफुले चाहेको उनले बताइन्।  (एजेन्सीको सहयोगमा)