बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शुक्रबार, असोज १४ २०७९

काठमाडौँ : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रुपैयाँ ६८ पैसा र बिक्री दर १३१ रुपैयाँ २८ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ ७१ पैसा र बिक्री दर १२७ रुपैयाँ २९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४१ रुपैयाँ ७५ पैसा र बिक्री दर १४२ रुपैयाँ ४० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५७ पैसा र बिक्री दर ३५ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।