काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज चियापान कार्यक्रमको आयोजना गरेको छ ।
उक्त समूहले बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा चियापन कार्य्रकमको आयोजना गरेको हो ।
दशैँका अवसरमा आयोजना गरिएको उक्त चियापान कार्यक्रममा पनि उक्त समूहले संघर्षकै रूप भनेको छ।
बिहान ८ः१५ बजेबाट चियापान शुरु भएको हो । यस्तै नेताहरूले उक्त कार्यक्रमबाट भावी रणनीति तय गरिने बताएका छन् ।
चियापानका लागि नेता शेखर कोइरालासहित उनी पक्षबाट कांग्रेसको १४औं महाधिवेशनमा जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ। चियापानमा शेखरसँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायत सहभागी भएका थिए । यसअघि कोइराला पक्षले पार्टीलाई खबरदारी गर्न भन्दै पार्टी कार्यालय सानेपामा आयोजना गरेको धर्ना कार्यक्रममा उनीहरु सहभागी थिएनन् । यसअघि कोइराला पक्षले गरेको खवरदारी कार्यक्रम र सानेपामा गरिएको धर्ना कार्यक्रममा सहभागी नभएका नेता नि आजको चियापान कार्यक्रममा भने सहभागी छन् ।
कोइराला पक्षका नेताहरूले समानुपातिक उम्मेदवार सूची सच्याउन सभापति शेरबहादुर देउवालाई दवाव दिन पार्टी केन्द्रीय कार्यालयमा बुधबार धर्ना पनि दिएका थिए।
आजको चियापानको यो कार्यक्रमलाई यो समूहले खबरदारीकै निरन्तरता भनेको छ ।