बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल बैकको एक अर्ब ५४ करोडको हकप्रद आउने

बुधबार, चैत्र १६ २०७३

काठमाडौ चैत १६
नेपाल धितोपत्र बोर्डले नेपाल बैकलाई चुक्ता पुंजीको एक सय बराबर २३ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न स्वीकृती दिएको छ ।  बोर्डले बैकलाई बिक्री प्रवन्धक सिभिल क्यापिल रहनेगरी एक सय रुपैयाँ अंकित मुल्य कायम रहेको एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार रुपैयाँ बराबरको एक करोड ५४ लाख ३१ हजार आठ सय ४० कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुुमती दिएको हो । हाल छ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पुंजी रहेको बैकको हकप्रद सेयरको बिक्री पश्चात चुक्ता पुजी  आठ अर्ब चार करोड रुपैयाँ पुग्ने छ । बैकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ८९ करोड रुपैयाँ नाफा गरेको छ ।