काठमाडौँ – रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीबाट राजीनामा दिएका छन्। सोमबार राति आफूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको बारे उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।
उनले पार्टी अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा पत्र बुझाएका हुन् । राजीनामा पत्रमा एक वर्षदेखि आफू नरम संवद्र्धनवादी राष्ट्रवादी शक्ति निर्माणका लागि राजनीतिक ध्रुविकरणको प्रयासमा रहेको उनले बताएका छन् ।
विवेकशील साझा पार्टी छाडेका मिश्र अब राप्रपामा प्रबेश गर्ने बताइएको छ । उनलाई राप्रपामा वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउने तयारी गरिएको जनाइएको छ ।राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्रसहित केही नेताहरू राप्रपामा ल्याउन बुधबार कार्यक्रम राखिएको बताए । कार्यक्रममा अन्य पार्टीका नेताहरु पनि प्रबेश गराइने बताइएको छ ।