बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अग्रजले देखाएको मार्गबाट विचलित हुँदैनौँः महासंघ

बुधबार, चैत्र १६ २०७३

काठमाडौँ, १६ चैत ।

नेपाली पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघ आज ६२औँ वर्षमा प्रवेश गरेको छ ।  सो अवसरमा महासंघ केन्द्रीय कार्यालय र प्रत्येक जिल्लामा प्रभातफेरीलगायत विभिन्न कार्यक्रम गरिँदै छ । सो अवसरमा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले मुलुकभर र संसारभरि छरिएर रहेका महासंघका सदस्य एवम् नेपाली सञ्चारकर्मीमा बधाई तथा शुभकामना व्यक्त गर्दै जस्तोसुकै प्रतिकूल अवस्थामा पनि आफ्ना अग्रजले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्त रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

‘नेपाली सञ्चार क्षेत्र अहिले विभिन्न अवसर र चुनौतीको बीचबाट गुज्रिरहेको छ, प्रेस स्वतन्त्रता हननका घटनामा संख्यात्मक केही कमी आए पनि प्रवृत्तिगत अवस्था उस्तै रहेको छ भने दण्डहीनता र सेल्फसेन्सरसीपको अवस्था पनि कायमै छ, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र न्यूनतम पारिश्रमिकको भुक्तानी अवस्थामा सुधार भए पनि समस्या हटिसकेको छैन’, विज्ञप्तिमा भनिएको छ । महासंघ  २०१२ मा स्थापना भएको हो ।