मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सरकार बन्यो मुक दर्शक : एनआरएनएले डेंगु रोकथामको लागि जनचेतना कार्यक्रम सञ्चालन गर्ने 

आइतबार, असोज ९ २०७९

काठमाडौं । डेंगु रोकथामको लागि सरकार मुक दर्शक बनिरहेका बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा सुरु भएको डेंगु भाइरस रोकथाम गर्न जनचेतना कार्यक्रमको आयोजना गर्ने भएको छ ।

डेंगु संक्रमणका कारण राजधानी लगायत देशका अधिकांश स्थानका जनता त्रसित बन्दा पनि सरकारले भने कुनै प्रभावकारी कार्यक्रम दिन सकेको छैन । देशभरमा डेंगु संक्रमणका कारण ३५ जना भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) ले डेंगु भाइरस रोकथाम गर्न जनचेतना कार्यक्रमको आयोजना गर्ने भएको हो  ।

संघका अध्यक्ष रविना थापाका अनुसार संघको स्वास्थ्य समितिको सक्रियतामा आइतवार भर्चुअल जनचेतना कार्यक्रम गर्न लागिएको हो । 

नेपालमा अहिले डेंगु भाइरसबाट हजारौं मानिस संक्रमित भएर सयौं अस्पतालमा भर्ना भएका छन् । पछिल्लो सयम काठमाडौं उपत्यकामा डेंगु भाइरसको संक्रमणको उच्च जोखिममा रहेको छ । 

एनआरएनए विश्व स्वास्थ्य समितिका संयोजक  डा। सञ्जीव सापकोटाको समन्वयमा एनआरएनए ग्लोबल हेल्थ कमिटीले डान्फे केयरसँग सहकार्य गरी डेंगु भाइरल रोगको रोकथाम, प्रारम्भिक उपचार र व्यवस्थापनबारे कार्यक्रममा जानकारी दिइने छ । 

कार्यक्रममा डा‍. प्रभात अधिकारी सहित डेंगु विशेषज्ञहरूले सो रोगथामको लागि चाल्नु पर्ने कदमका बारेमा आआफ्ना भनाईहरु राख्ने छन् ।