बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रपतिविरुद्धको मुद्दाको पेशी न्यायाधीश फुँयालको इजलासमा

आइतबार, असोज ९ २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनबाट पास भएको नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्चमा दायर पाँचवटा मुद्दाको प्रारम्भिक सुनुवाइ आज हुने भएको छ ।

शुक्रबार हुने भनिएको सुनवाई समय अभावका कारण आजका लागि सारिएको थियो। आज पाँचवटै मुद्दाको पेशी न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा तोकिएको छ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेपछि अधिवक्ताहरू सागर बराल, सुनीलरञ्जन सिंह, सुनीलकुमार यादव, देव शर्मा र सोनु रौनियारले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।

राष्ट्रपतिले संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्चमा मुद्दा परेका हुन्। साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ।