काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूची सार्वजनिक भएको छ । जसअनुसार ११० जनाको नामावलीमा संस्थापन इतर पक्षका १३ जना मात्र समावेश भएका छन् ।
संस्थापन इतर पक्षबाट डा चन्द्रमोहन यादव, प्रतिमा गौतम, लीला बोखिम, टेकप्रसाद गुरुङ, केशरमान रोका, केदारनरसिंह केसी, हस्तबहादुर मल्ल, मैना रावल कार्की, उमा दाहाल, किरण कोइराला, मुख्तबहादुर महतो, नागिना यादव र मुख्ता यादव छन् ।
बन्दसूचीको १ नम्बरमा विमलेन्द्र निधि रहेका छन्। यस्तै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणादेखि गृहमन्त्री बालकृष्ण खाँण पत्नी मन्जु खाँणसम्मको नाम समाविष्ट छ। उनीहरु संस्थापनपक्षका हुन् ।
उक्त बन्दसूची सार्वजनिक भएसँगै संस्थापन इतर शेखर कोइराला समूह असन्तुष्ट बनेको छ ।
उसले प्रत्यक्षको सिट बाँडफाँट र टिकट वितरणमा न्याय नभए चुनाव हारिने चेतावनी दिएको छ ।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा कांग्रेस संस्थापन इतर पक्षका नेताहरूले आफूहरूले टिकट नपाए पार्टीका अरू उम्मेदवारलाई सहयोग नगर्ने र स्वतन्त्र उम्मेदवारी दिने वा स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने बताएकाे छ ।
हेर्नुहोस् बन्दीसूची



