मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

कांग्रेस संस्थापन पक्षविरुद्ध शेखर कोइराला पक्षको आज छुट्टै भेला 

शनिबार, असोज ८ २०७९

काठमाडौं । नेपाली कांग्रेस शेखर कोइराला पक्षधरले आज छुट्टै भेला गर्दैछ ।

संस्थापन पक्षले आफूहरुलाई न्यायोचित व्यवहार नगरिए गठबन्धनमा समेत समस्या आउने भन्दै सो समूहले चेतावनी दिँदै काठमाडौंमा खबरदारी सभा गर्न लागेको हो ।

सभा थापागाउँस्थित बानेश्वर बैंक्युटमा दिउँसो एक बजेपछि सुरु हुनेछ ।

सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटमा सहमति नभएका बेला कांग्रेसभित्र भने दुई समूहबीच नै समस्या देखिएको छ । शेखर पक्षले आगामी चुनावका लागि प्रतिनिधि सभा र प्रदेश सभामा कम्तिमा ४० प्रतिशत सिट आफ्नो पक्षका नेतालाई दिन माग गरिरहेको छ ।

हिजो बसेको बैठकमा कोइराला पक्षधरका केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिसहितका नेताहरुको सहभागिता थियो ।