बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

नेतृत्वमाथि दबाब बढाउन कोइराला पक्षधरको छुट्टै भेला 

शुक्रबार, असोज ७ २०७९

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले भेला गर्ने तयारी गरेको छ । शनिबार गर्ने भेलाका लागि शेखर पक्षको बैठक बसिरहेको छ ।

 विशेषगरी आसन्न निर्वाचनमा आफू पक्षधरका नेतालाई उम्मेदवार बनाउन नेतृत्वलाई दबाब दिने उद्देश्यले गर्न लागेको भेलाको तयारी स्वरुप अहिले कोइराला पक्षधरको बैठक बसेको हो । 

जारी बैठकमा कोइराला पक्षधरका केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिसहितका नेताहरुको सहभागिता छ ।

एक नेताका अनुसार टिकटमा सम्मानजनक हिस्सेदारीको माग गर्ने देउवालाई थप दबाब बढाउन भेला गर्न लागिएको हो ।भेलामा टिकटका प्रत्यक्ष तथा समानुपातिक तिर सिफारिस परेका र आकांक्षीहरु पनि सहभागी छन् ।

फाइल तस्वीर