बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

शुक्रबार, असोज ७ २०७९

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका– १६ उल्टापानीमा गएराती ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय हरी प्रसाद चौधरी रहेका छन् । 

धनगढीबाट घोराहीतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रयाक्टर गएराति साढे ९ बजे अनियन्त्रित भइ नालामा पल्टिएको थियो । 

चालक चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।