काठमाडौं । गायक युवराज चौलागाईंले ‘हाम्रो सम्बन्ध’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । उनले आइतबार आफ्नै युट्युब च्यानलमार्फत उक्त सार्वजनिक गरेका हुन् ।
उक्त गितमा गायक युवराजलाई अनुष्का पाठकको साथ रहेको छ भने उक्त गीतमा शब्दरचना अनुष्का स्वयंको हो । संगीत युवराजले नै भरेका छन् ।
शान थापाले निर्देशन गरेको भिडियोमा युवराज र अनुष्काकै अभिनय रहेको छ । पछिल्ला दिनमा गायक चौलागाईंका दर्जनौं गित बजारमा छन् । उनी श्रोतामाझ निक्कै लोकप्रियक बन्दै गएका छन् ।