बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आर आर क्याम्पसमा तनाव बढ्दै, झडपमा डिएसपी घाइते

मंगलबार, चैत्र १५ २०७३

काठमाडौं । 
आर आर क्याम्पसमा भइरहेको स्ववियु निर्वाचनमा तनाव बढ्दै गएको छ । निर्वाचन विथोल्न खोज्ने विद्यार्थीहरू अराजक हुँदै गएपछि प्रहरीले उनीहरूलाई पद्मोदय मोटसम्मै लखेटेको छ । सो क्रममा डिएसपी सन्तोष तामाङ घाइते भएका छन् । डिएसपी तामाङको बायाँ हातको औंला भाँचिएको छ । 
प्रदर्शनकारीले ढुंगामुडासंगै पेट्रोल बम प्रहार गर्न थालेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै जाइलाग्दा ढिएसपी तामाङ घाइते भएको बताइएको छ । ३ घुम्तिसंग कुरा गर्दै डिएसपी तामाङले भने ‘देब्रे खुट्टाको बुढी औंला भाँचिएको छ । अहिले उपचारकै क्रममा छु ।’
‘प्रहरीको सहयोगमा क्याम्पस प्रशासन र अखिलले एकलौटी चुनाव गराएकाले हामीले बहिस्कार गरेका हौं । अधिकांश विद्यार्थी संगठन विरोधमै छ । तर, क्याम्पस प्रशासन प्रशासनको सहयोगमा एकलौटी चुनाव गराउदैछ’ अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य गंगा दाहालले भनिन् ‘सामान्य ढुंगामुडा भएको हो । हामीलाई बदनाम गर्न पेट्रोल बमको हानेको प्रचार गरिदैछ ।’