काठमाडौं । आज पनि महाअभियोग सिफारिस समितिको बैठक बस्दैछ ।
बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ ।
आजको बैठकले निलम्वित प्रधानन्यायाधीश चालेन्द्र समशेर जबरालाई पूरक प्रश्न सोध्नेछ ।
बिहीबार समितिले जबराले आरोप लगाएका कानुन व्यवसायीसँग छलफल गरेर सकेको छ । उक्त छलफलमा जबरामाथि उठेका प्रश्न सोध्न समितिले उनलाई पुनः बोलाएको हो ।
बयानका क्रममा जबराले सात जना वकिलको नाम लिएका थिए ।
सर्वोच्चका ६ जना बहालवाला न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले छलफलका लागि बोलाए पनि उनीहरू उपस्थित भएनन् ।
समितिले शुक्रवार नै बयानको कामलाई सक्ने तयारी गरेको छ ।