बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से आज २४ अंकको उच्च

आइतबार, चैत्र ६ २०७३

काठमाडौ चैत ६
आज नेप्से २४ दसमलव ८५ अंकले बढेर १३ सय ८२ दसमलव १९ अंकमा पुगेको छ  । सेन्सिटिभ पनि पाँच दसमलव ५५ अंकले बढेर तीन सय दसमलव ३८ अंकमा पुगेको छ । एक सय ३६ कम्पनीहरुको पाँच हजार एक सय १५ वटा कारोवारमा १४ लाख ४८ हजार दुई सय चार कित्ता सेयर खरिद बिक्री भएको छ भने  ६८ करोड ७७ लाख ९४ हजार एक सय दुई रुपैयाँको कारोवार भएको छ ।
आठ वटा समुहको कारोवार भएकोमा आठ वटै समुहको कारोवार बढेपछि नेप्से पुरै हरियो देखिएको छ । बीमा समुहको सुचक तीन सय ६७ दसमलव ४९ अंकले बढेर छ हजार छ सय ३० दसमलव ७० अंकमा पुगेकोमा २३ करोड २७ लाख ९१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युत समुहको सुचक ५५ दसमलव ५९ अंकले बढेर १६ सय ९९ दसमलव ४८ अंकमा पुगेकोमा तीन करोड दुई लाख ३५ हजार एक सय रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक पनि १७ दसमलव १८ अंकले बढेर १४ सय नौ दसमलव ३१ अंकमा पुगेकोमा चार करोड ३४ लाख ६८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । आज बाँणिज्य बैक समुहको सुचक १२ दसमलव नौ अंकले बढेर १२ सय ९८ दसमालव ९४ अंकमा कायम रहेकोमा ३२ करोड १२ लाख ८४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । 
होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक पनि आज उच्च अंकले बढेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन। 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम     आजको कारोवार मुल्य         आजको बढेको मुल्य 

१    प्राईम लाईफ इन्स्योरेन्स    १६०७            ९.९९
२    एभरेष्ट इन्स्योरेन्स कम्पनी    १५३०            ९.९९
३    प्रभु इन्स्योरेन्स कम्पनी        ८०६            ९.९६
४    गुह्ेश्वरी मर्चेन्ट फाईनान्स    २१३            ८.६७
५    सहरा बिकास बैक        ४३०            ७.७७
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम     आजको कारोवार मुल्य         आजको घटेको मुल्य 

१    राप्तीभेरी बिकास बैक        ३२७                ४.३८
२    सिन्धु बिकास बैक        २२९                ३.३७
३    खानी खोला हाईड्रो         २३५                ३.२९
४    मिर्मिरे माईक्रो फाईनान्स    १५७५                १.९९
५    साझा बिकास बैक        २०२                १.९४