काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको जानकारी दिएको छ ।
केही दिनदेखि नेपाली बजारमा सुनको भाउ घट्दै गएको छ । सोमबार तोलामा ३०० रुपैयाँले घटेको सुनको भाउ मंगलबार १०० रुपैयाँले घटेको थियो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ ।
मंगलबार छापावाल सुन ९३ हजार पाँच सय र तेजाबी सुन ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ १० रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदीको भाउ ११ सय ७५ रुपैयाँ छ । मंगलबार यसको भाउ ११ सय ८५ रुपैयाँ कायम थियो ।