बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चोलेन्द्रले बयानका क्रममा मुछेका नेताहरूलाई महाअभियोग सिफारिस समितिले नबोलाउने

बुधबार, भाद्र २९ २०७९

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका नाममध्ये राजनीतिज्ञहरूबाहेक अरुलाई बोलाउने भएको छ ।

बुधबार बिहान बसेको सिफारिस समितिको बैठकले सो निर्णय गरेको हो । 

समितिका सभापति रामबहादुर विष्टले बयानका क्रममा चोलेन्द्रशमशेर जबराले नाम लिएका पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू जो जो छन्, उनीहरूलाई बोलाउने र आजै पत्राचार गर्ने निर्णय गरेको जानकारी दिए ।

जबराले बयानका क्रममा ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा.बाबुराम भट्टराईलगायतको नाम लिएका थिए ।

यस्तै, पूर्वप्रधानन्यायाधीश दीपककुमार कार्की, अधिवक्ताहरू शम्भु थापा, रमणकुमार श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ, पूर्णमान शाक्य, ओमप्रकाश अर्याललगायतको नाम जबराले बयानका क्रममा लिएका थिए । न्यायाधीश, पूर्वन्यायाधीश, बारका पदाधिकारीसँग बिहीबार छुट्टाछुट्टै समय दिएर छलफलमा बोलाइने भएको छ ।
जबराले आफुलाई महाभियोग लगाउनुको कुनै औचित्य पुष्टि हुन नसक्ने भन्दै उनीहरुको नाम लिएका थिए ।