बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिसिडी रेसियोको कायम नगर्ने बैकहरु अब कारवाहीमा पर्ने

बिहिबार, चैत्र ३ २०७३

काठमाडौ चैत ३
सिसिडी रेसियो कायम नगर्ने बैकहरु अब कारवाहीमा पर्ने भएका  छन  । राष्ट्र बैकले दैनिकरुपमा गणना हुने सिसिडी रेसियो भन्दा माथि गएर कर्जा प्रवाह गरेको खण्डमा अब हर्जाना रकम तिर्नु पर्ने व्यवस्था गरेको छ । राष्ट्र बैकले बिहिबार बाँणिज्य बैक, बिकास बैक र फाईनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दे आज बिहिबारबाट यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । 
नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा ९९ अनुसार बढी प्रवाहित कर्जा रकममा बैक दरले बराबर हुन आउने रकम हर्जाना लगाईने, परिपत्रमा उल्लेख छ । राष्ट्र बैकका अनुसार यो व्यवस्था अनुरुप दैनिकरुपमा गणना गर्दा प्रवाहित कर्जा तथा सापटको बक्यौता रकमको हकमा अघिल्लो महिनाको बक्यौता रकमलाई, प्राथमिक पुंजीको हकमा अघिल्लो त्रैमासमा कायम भएको पुंजीलाई एवं कर्जा तथा सापट र स्वदेशी निक्षेपको हकमा सोही दिनको रकमलाई लिनुपर्ने छ ।