बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

माओवादी अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूत बेरीको विदाइ भेट

बुधबार, भाद्र २९ २०७९

काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी भेटवार्ता गरेका छन् । 

प्रचण्ड निवास खुमलटारमा बुधबार बिहान पुगेर राजदूत बेरीले प्रचण्डसँग बिदाइ भेटवार्ता गरेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

भेटवार्ताका क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका छन् । 

‘अध्यक्ष प्रचण्ड र राजदूत बेरीबीच आज बिहान अध्यक्ष निवास खुमलटारमा बिदाई भेट भयो,’ मल्लले भने, ‘अध्यक्ष प्रचण्डले राजदूत बेरीको सफल कार्यकालको लागि हार्दिक बधाई दिनुको साथै नेपालको विकास र समृद्धिको बाटोमा अमेरिकाको निरन्तर सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो ।’ 

हिजाे र्‍यान्डी बेरीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग बिदाइ भेट गरेका थिए। आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका बेरीले जंगी अड्डास्थित शर्माको कार्यकक्षमा भेट गरेका हुन् ।

बेरीलाई वासिंटनले यसअघि नै नामिबियाका लागि राजदूतका लागि सिफारिस गरिसकेको छ । अब नेपालका लागि अमेरिकी नयाँ राजदूतमा डिन थम्पसन केही सातापछि नेपाल आउँदै छन् ।

गत चैतमा अमेरिकी राष्ट्रपति जो बाइडनले थम्पसनलाई नेपालका लागि राजदूत नियुक्तिको सिफारिस गरेका थिए ।