बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

साफ यू–१७ च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल भारतसँग भिड्दै 

बुधबार, भाद्र २९ २०७९

काठमाडौं  । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने फाइनलमा नेपाल र भारत भिड्दैछन् ।

फाइनल खेल राति ८ :१५ बजे शुरु हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले हराएको थियो ।  

नेपालले समूह चरणमा भारतलाई ३(१ ले पराजित गरेको थियो ।

कोलोम्बोस्थित रेसकोरस्स ग्राउण्डमा भारतसँग खेल्दा नेपालका लागि आज उपाधि जित्ने अवसर हुनेछ । अहिलेसम्म उपाधि जित्न नसकेको नेपाल यसपटक उपाधि हात पार्ने लक्ष्यका साथ श्रीलंका पुगेको छ ।

दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएर भारतसँगको भेट पक्का गरेको थियो ।