बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

करोडौंको बीचमा पनि एक्लो महसुस हुन्छ : प्रचण्ड

बुधबार, भाद्र २९ २०७९

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमत्री भए पनि पछिल्लो समय मानव जीवनको सार्थकता र गर्वबोध गर्न गाह्रो भइरहेको बताएका छन्।

माओवादीका सांसद सुदन किरातीको अनुभूति समेटिएको पुस्तक विमोचन समारोहमा अध्यक्ष प्रचण्डले करोडौं मान्छेको बीचमा पनि एक्लो एक्लै महसुस हुने गरेको बताए ।

मण्डला नाटकघर, थापागाउँमा मंगलबार माओवादीका सांसद सुदन किरातीको अनुभूति समेटिएको पुस्तक विमोचन समारोहमा अध्यक्ष प्रचण्डले भने–’एक्लै जंगलमा हुँदा,पहाड उकाला ओराला,नदीनाला सबैमा एक्लै हिँड्दा पनि लाखौं करोडौं अरबौंको बीचमा सँगै हिडेको जस्तो लाग्थ्यो । तर आज लाखौं करोडौं मान्छेका बीचमा छौं तर एक्लो महसुस हुन्छ ।’

मन्त्री, प्रधानमन्त्री भएपनि यो जीवनको सार्थकता र गर्वबोध गर्न गाह्रो भइरहेको उनले आफ्नो अनुभव सुनाए ।