बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से बढ्यो, कारोवार रकम घट्यो

बुधबार, चैत्र २ २०७३

काठमाडौ चैत २ 
नेप्से आज नौ दसमलव चार अंकले बढेर १३ सय ५६ दसमलव १३ अंकमा पुगेको छ । सेन्सिटिभ पनि एक दसमलव ८२ अंकले बढेर दुई सय ९४ दसमलव ४६ अंकमा पुगेको छ । एक सय २६ कम्पनीहरुको तीन हजार नौ वटा कारोवारमा आठ लाख ५५ हजार पाँच सय एक कित्ता सेयर खरिदबिक्री भएकाछन भने कारोवार रकम ३६ करोड ८९ लाख ८३ हजार एक सय ४३ रुपैयाँ पुगेको छ ।
आज आठ वटा समुहको कारोवार भएकोमा सबैको सुचक बढेपनि नेप्से हरियो देखिएको छ ।  जलबिद्युत समुहको सुचक ६२ दसमलव १५ अंकले बढेर १६ सय ५७ दसमलव ७६ अंकमा पुगेकोमा दुई करोड २८ लाख ७७ हजार नौ सय रुपैयाँको सेयर किनबेच भएको छ । बीमा समुहको सुचक ३७ दसमलव १७ अंकले बढेर छ हजार दुई सय ३० दसमलव २१ अंकमा पुगेकोमा १० करोड ६३ लाख ३९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य बैक समुहको सुचक सात दसमलव ६७ अंकले बढेर १२ सय ८४ दसमलव ७३ अंकमा पुगेकोमा १२ करोड ८० लाख ६६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी बिकास बैक समुहको सुचक शुन्य दसमलव ८८ अंकले बढेर १४ सय ७४ दसमलव ८६ अंकमा पुुगेकोमा दुई करोड १४ लाख ८७ हजार तीन सय रुपैयाँको सेयर किनबेच भएको छ । 
होटल, फाईनान्स, उत्पादन मुलक र अन्य समुहको सुचक पनि आज बढेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम     आजको कारोवार मुल्य         आजको बढेको मुल्य
 
१    नेशनल हाईड्रो पावर कम्पनी    १३९                ९.४५
२    नयाँ नेपाल लघुबित्त बित्तीय संस्था    ११८९            ८.०९
३    बुटवल पावर कम्पनी            ५२०            ५.९१
४    अपी पावर लिमिटेड            ४३६            ५.८३
५    सानिमा माई हाईड्रो पावर कम्पनी    ८८४            ५.२४
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम         आजको कारोवार मुल्य         आजको घटेको मुल्य 

१    सेती फाईनान्स            १६०                ३.६१
२    कञ्चन डेभलपमेन्ट बैक    २६१                ३.३३
३    ग्रिन डेभलपमेन्ट बैक        ४००                २.६७
४    साँग्रिला डेभलपमेन्ट बैक    २९२                २.६६
५    मिथिला लघुबित्त बिकास बैक    ८०३                २.५४