बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भायानेटले ल्यायो आकर्षक दशैँ अफर

मंगलबार, भाद्र २८ २०७९

भायानेटका अल्ट्रा–फाई ग्राहकहरूले अब मेस राउटर प्राप्त गर्ने

काठमाडौँ – आउँदै गरेको दशैंमा आफ्नो ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले आकर्षक अफर ल्याएको छ । यो अफर अन्तर्गत अब भायानेटको अल्ट्रा–फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन् । 

यो दशैं भायानेटको अल्ट्रा–फाई २०० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान मात्र रु. ९९९ प्रति महिनामा पाउन सकिन्छ । यो प्याकेजमा आउने डुअल ब्यान्ड ओ.एन.यु सँगै अब ग्राहकहरूले नोकियाको बीकन १.१ मेस राउटर वाएमआई ४.ए डुअल ब्यान्ड राउटर मध्य एक छानेर राख्न पाउनेछन् । यो अतिरिक्त राउटर लिनका लागि ग्राहकले डिपोजिट शुल्क मात्र जम्मा गरे पुग्छ । ग्राहकले मेस राउटर लिनका लागि रु. ४००० र एमआई ४.ए राउटरको लागि रु. १५०० डिपोजिट गर्नु पर्नेछ । कम्पनीले आफ्ना ग्राहकहरूलाई सस्तोमा घरभरि वाइफाइको कभरेज बढाउन मद्दत गर्ने उद्देश्यले यो अफर ल्याएको हो । 

साथै भायानेटले वार्षिक सदस्यतामा मात्र रु. १५० प्रति महिनामा भायाटिभी पनि उपलब्ध गराएको छ । यसरी भायाटिभी लिँदा ग्राहकले पहिलो सेट–टप–बक्समात्र रु. ५०० डिपोजिट गरी प्राप्त गर्न सक्नेछन् । भायानेटको अल्ट्रा–फाई लाइनअप बजारमा उपलब्ध रहेकोसबैभन्दा आकर्षक इन्टरनेट र टिभी प्याकेज मध्ये पर्दछन् । उच्च गतिको इन्टरनेट आवश्यकता भएका प्रयोगकर्ताहरूका लागि अल्ट्रा–फाई लाइन अप विशेष मानिएको छ । अहिले चलिरहेको अल्ट्रा–फाई लाइन अपको मुख्य विशेषता भनेको यसले ग्राहकलाई इन्टरनेट मात्रैवा इन्टरनेटसँगै टिभीका विभिन्न प्याकेजबाट छान्न पाउने सुविधा दिएको छ ।