बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से आठ अंकले घट्यो

मंगलबार, चैत्र १ २०७३

काठमाडौ चैत १
नेप्से आज भने आठ दसमलव १४ अंकले घटेर १३ सय ४७ दसमलव नौ बिन्दुमा पुगेको छ । सेन्सिटिभ पनि एक दसमलव ७७ अंकले घटेर दुुई सय ९२ दसमलव ६४ बिन्दुमा पुगेको छ । एक सय ३७ कम्पनीहरुको तीन हजार चार सय १७ वटा कारोवारमा नौ लाख ४५ हजार दुई सय २८ कित्ता सेयर सेयर किनबेच भएको छ भने कारोवार रकम भने ५२ करोड ८५ लाख ८६ हजार दुई सय २८ रुपैयाँ पुगेको छ ।
आज आठ वटा समुहको कारोवार भएकोमा उत्पादनमुलक समुहको कारोवार सुचक सामान्य अंकले बढेको छ भने बाँकी समुहको सुचक घटेको छ । बाँणिज्य बैक समुहको सुचक ११ दसमलव ७२ अंकले घटेर १२ सय ७७ दसमलव छ बिन्दुमा कायम रहेकोमा १५ करोड एक लाख ४८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक एक दसमलव ४९ अंकले घटेर १४ सय ७३ दसमलव ९८ बिन्दुमा कायम रहेकोमा तीन करोड ४८ लाख ६५ हजार नौ सय रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युत समुहको सुचक १० दसमलव ४७ अंकले घटेर १५ सय ९५ दसमलव ६१ बिन्दुमा कायम रहेकोमा एक करोड १८ लाख ३७ हजार नौ सय रुपैयाँको सेयर किनबेच भएको छ । बीमा समुहको सुचक पाँच दसमलव ६६ अंकले घटेर छ हजार एक सय ९३ दसमलव चार बिन्दुमा कायम रहेकोमा नौ करोड ७९ लाख ५४ हजार नौ सय रुपैयाँको सेयर किनबेच भएको छ । 
फाईनान्स, होटल र अन्य समुहको सुचक पनि आज घटेको छ । आज बढी कमाउने  र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन । 
बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम     आजको कारोवार मुल्य         आजको बढेको मुल्य 

१    सेती फाईनान्स        १६६                ४.४०
२    हिमालयन डिष्टिलरी    ५४०                ३.८५
३    सिन्धु बिकास बैक    २३४                ३.५४
४    रिलायवल माईक्रो फाईनान्स    १०१५            ३.१५
५    मिथिला लघुबित्त बिकास बैक        ८२४         ३
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम         आजको कारोवार मुल्य     आजको घटेको मुल्य 

१    ओरन्टल होटल समुह         ४४८                ५.६८
२    अपी पावर लिमिटेड        ४१२                ५.२८
३    महालक्ष्मी बिकास बैक        २२८                ५
४    यती डेभलपमेन्ट बैक        २१९                ४.३६
५    सगरमाथा इन्स्योरेन्स कम्पनी    १०१०                ४.२६