बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले दिए राजीनामा

आइतबार, भाद्र २६ २०७९

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जिम्मेवारी छाडेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ५३५ दिनको कार्यकालपछि आफूले जिम्मेवारी छाडेको बताएका छन् ।

गत कात्तिकमा उनले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गरेका थिए । तर १० जना खेलाडीलाई प्रशिक्षण छाड्न बाध्य बनाएपछि उनी आलोचित भएका थिए । विवादकै बीच एसिया कप छनौट खेल्न नेपाली टिमसँगै कुवेत गएका उनी महिनादेखि उतै बसेका थिए ।