काठमाडौ फागुन २६
सगरमाथा फाईनान्सको बोनस सेयर स्वीकृत भएको छ । राष्ट्र बैकले फाईनान्सलाई ३२ दसमलव ९४ प्रतिसत बोनस सेयर बितरण गर्नको लागि स्वीकृती दिएको हो ।
राष्ट्र बैकद्धारा स्वीकृत बोनस फाईनान्सको आगामी ११ औं बार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ । फाइनान्सले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा पाँच करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।