काठमाडौँ – छैटौं महिला साफ च्याम्पियनसीपको उद्घाटन खेलमा अहिले नेपाल र भुटानबीचको खेल जारी छ।
खेल वर्षाका बीच काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको छ। नेपालले खेलमा सुरुवाती अग्रता बनाएको छ।
खेलको १२ औँ मिनेटमा गोल गर्दै सावित्रा भण्डारीले नेपाललाई अग्रता दिलाएकी हुन्। अमिषा कार्कीको प्रहार भुटानकी गोलरक्षक संगीता मोङ्गरले वान टचमा समाउन नसकेपछि पाएको रिबाउन्डलाई सावित्राले सुन्दर गोल गरेकी हुन्।
भारी वर्षाका कारण खेलाडीले मैदानमा बल गुडाउन संघर्ष गर्नु परिरहेको छ।