काठमाडौ फागुन १९
कुमारी बैकले चैत छ गतेबाट एक अर्ब ३४ करोड ९५ लाख रुपैयाँको हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैकले दुई अर्ब ६९ करोड ९१ लाख ६६ हजार पाँच सय ३१ रुपैयाँ चुक्ता पुंजी मध्येबाट दुई बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी एक करोड ३४ लाख ९५ हजार आठ सय ३२ दसमलव ६६ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल मार्फत चैत छ गतेबाट खुल्ला हकप्रद सेयरको बिक्री कार्य बैशाख १० गतेसम्म जारी रहने छ । अधिकृत पुंजी १० अर्ब तथा जारी पुंजी चार अर्ब चार करोड ८७ लाख ४९ हजार रुपैयाँ रहेको बैकको हकप्रद सेयरको बिक्री पश्चात चुक्ता पुंजी चार अर्ब चार करोड ८७ लाख रुपैयाँ पुग्ने छ ।