काठमाडौ फागुन १२
नेपाल राष्ट्र बैकले बैक तथा फाईनान्स कम्पनीहरुमा झण्डै ७३ करोड रुपैयाँ निक्षेप राख्ने भएको छ । राष्ट्र बैकले एक बर्षिय मुद्धती निक्षेपकोरुपमा २०७३ चैत्र एक गतेदेखि बिसं २०७४ फागुन३० गतेसम्मको लागि बाँणिज्य बैक, बिकास बैक र फाईनान्स कम्पनीहरुमा उक्त रकम राख्न लागेको हो ।
रकम राख्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही फागुन १७ गतेसम्म राष्ट्र बैकको बित्त व्यवस्थापन बिभागमा आवेदन दिनुपर्ने छ । कुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि ५८ करोड १५ लाख ६४ हजार, बिकास बैकहरुको लागि १० करोड ९० लाख ४२ हजार रुपैयाँ र फाईनान्स कम्पनीहरुको लागि तीन करोड ६३ लाख ४७ हजार रुपैयाँ छुट्याएको जानकारी राष्ट्र बैकले दिएको छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको हुनुपर्ने , तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको हुनुपर्ने, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधान तोकिएको छ ।