बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

केन्याविरुद्ध नेपाल ब्याटिङमा

मंगलबार, भाद्र १४ २०७९

काठमाडौं : केन्या विरुद्धको पाँचौ तथा अन्तिम टी-२० खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

नैरोवीस्थित जिमखान क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । यसअघिका चारै खेलमा नेपालले पहिले बलिङ गरेको थियो ।

जसमा दुई खेल नेपालले लक्ष्य पछ्याएर जितेको थियो भने दुई खेलमा लक्ष्य भेट्टाउन सकेन । नेपाल र केन्याले दुई-दुई खेल जित्दा शृंखला बराबरी अवस्थामा छ ।

आजको खेल जित्नेले शृंखला जित्नेछ । नेपाली टिममा आज दुई परिवर्तन गरिएको छ । आरिफ शेख र शाहब बलमको स्थानमा विवेक कुमार यादव र वसिर अहमदलाई पहिलो रोजाईँमा राखिएको छ ।