बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा सात अंकको गिरावट

मंगलबार, फाल्गुन १० २०७३

काठमाडौ फागुन १० 
नेप्से आज सात दसमलव ५४ अंकले घटेर १३ सय ५७ दसमलव ५७ अंकमा झरेको छ । नेप्से सेन्सिटिभ पनि एक दसमलव ६५ अंकले घटेर दुई सय ९५ दसमलव ६३ अंकमा झरेको छ  । आज एक सय ३७ कम्पनीहरुको छ हजार दुई सय ५४ वटा कारोवारमा १० लाख ९३ हजार एक सय ९८ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कारोवार रकम ६० करोड ४३ लाख २३ हजार पाँच सय ५७ रुपैयाँ पुगेको छ । 
वटा समुहको कारोवार भएकोमा तीन वटा समुहले कमाएकाछन भने पाँच वटा समुहले गुमाएकाछन । कमाउने समुहमा परेको बीमा समुहको सुचक एक सय ३८ दसमलव आठ अंकले घटेर छ हजार तीन दसमलव ८७ अंकमा झरेकोमा २१ करोड दुई लाख ५६ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।  बाँणिज्य बैक समुहको सुचक पाँच दसमलव पाँच अंकले घटेर १२ सय ९६ दसमलव ८९ अंकमा झरेकोमा २४ करोड २७ लाख ९४ हजार रुपैयाँको सेयर किनबेच भएको छ  । जलबिद्युत समुहको सुचक १० दसमलव ३२ अंकले घटेर १५ सय ६४ दसमलव १५ अंकमा झरेकोमा ९९ लाख ७५ हजार पाँच सय ७० रुपैयाँको सेयर किनबेच भएको छ । फाईनान्स र अन्य समुहको सुचक पनि आज सामान्य अंकले घटेको छ भने उत्पादनमुलक समुहको सुचक सामान्य अंकले बढेको छ । 
होटल समुहको सुचक भने १४ दसमलव २८ अंकले बढेर १७ सय ३१ दसमलव ५९ अंकमा पुगेकोमा २६ लाख ५४ हजार नौ सय रुपैयाँको सेयर किनबेच भएको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम     आजको कारोवार मुल्य         आजको बढेको मुल्य 
१    आईएलएफसिअ‍ो माईक्रो फाईनान्स    ६६५        ९.९२
२    एक्सेल डेभलपमेन्ट बैक        ६००        ५.९४
३    महिला सहयात्रा बित्तीय संस्था        ७००        ४.०१
४    सिर्जना फाईनान्स            ३८२        ३.२४
५    नेपाल एसबिआई बैक            १०५४        २.४३
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम         आजको कारोवार मुल्य         आजको घटेको मुल्य 

१    सेती फाईनान्स            १६४                ९.८९
२    प्राईम लाईफ इन्स्योरेन्स कम्पनी    १३३५            ६.५१
३    राष्ट्रिय बीमा कम्पनी            १२१३३            ५.८६
४    वेष्र्टन डेभलपमेन्ट बैक            २७०            ५.२६
५    मिसन डेभलपमेन्ट बैक            ४९५            ५.०१