बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल र केन्या भिड्दै

आइतबार, भाद्र १२ २०७९

काठमाडौं । नेपाल र केन्याबीचको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ ।

खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे शुरु हुनेछ । यसअघि एक एक खेल जितेका दुवै टोली आज दोस्रो जितको खोजिमा रहनेछन् ।

पहिलो खेलमा नेपाल ५ विकेटले विजय भएको थियो भने दोस्रो खेलमा केन्या १८ रनले विजयी बनेको थियो । 

विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि नेपालले केन्यासँग अनुभव बटुल्नका लागि खेल्न लागेको हो ।