बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भार्गभ बिकास बैकको १२ करोडको हकप्रद आउने

बिहिबार, फाल्गुन ५ २०७३

काठाडौ फागुन ५
भार्गभ बिकास बैकले १२ करोड रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ । बैकले यही फागुन २४ गतेबाट पुंजी बृद्धिको लागि हाल कायम रहेको चुक्ता पुंजीको एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी १२ लाख कित्ता हकप्रद सेयरको बिक्री खुल्ल गर्न लागेको हो । 
एनएमबी क्यापिटल मार्फत खुल्ला हुने हकप्रद सेयरको बिक्री कार्य चैत्र २८ गतेसम्म जारी रहने छ । अधिकृत पुंजी ५० करोड तथा जारी पुंजी २४ करोड रुपैयाँ रहेको बैकको हाल चुक्ता पुंजी १२ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्री पश्चात भने बैकको चुक्ता पुजी २४ करोड रुपैयाँ पुग्ने छ । बैकमा संस्थापक सेयरधनी समुहको ६० प्र्रतिसत तथा सर्वसाधारण सेयरधनी समुहको ४० प्रतिसत सेयर स्वामित्व रहेको छ ।