काठमाडौ फागुन ३
नविल बैकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा एक अर्ब ७५ करोड ४० लाख २१ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैकको यस्तो नाफा एक अर्ब ३६ करोड ७३ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुंजी छ अर्ब १८ करोड ३५ लाख ४० हजार रुपैयाँ रहेको बैकले यही पुससम्म एक खर्ब २० अर्ब ६७ करोड छ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी ९० अर्ब ३० करोड एक लाख छ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा तीन अर्ब ८८ करोड ८३ लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले सो अवधिमा दुई अर्ब ६९ करोड ५४ लाख सात हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्र्रोभिजन रकम आठ करोड ५६ लाख चार हजार रुपैयाँ रहेको बैकले सो अवधिमा राईट व्याक मार्फत ९९ लाख ८८ हजार रुपैयाँ प्राप्त गरेकोे छ ।