काठमाडौ फागुन ३
एस डेभलपमेन्ट बैकले यही पुस मसान्तसम्ममा १४ करोड ९० लाख चार हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैकको यस्तो नाफा पाँच करोड १७ हजार रुपैयाँ रहेको थियो ।
एक अर्ब २० करोड २९ लाख ८४ हजार रुपैयाँ चुक्ता पुंजी रहेको बैकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा सात अर्ब ४९ करोड ८२ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ७६ करोड १० लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा ५६ करोड ३३ लाख ४७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले सो अवधिमा २७ करोड २६ लाख ११ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । संभावित जोखिम व्यवस्थापन रकम दुई करोड ८१ लाख १० हजार रुपैयाँ रहेको बैकको राईट व्याक रकम चार करोड आठ लाख ९४ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दसमलव १२ प्रतिसत रहेको छ ।