काठमाडौ माघ २४
रिलायन्स फाईनान्सले चालु आर्थिक बर्षको छ महिनाको अवधिमा दुई करोड दुई लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा फाईनान्सको यस्तो मुनाफा ५८ लाख १७ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी ४४ करोड ५७ लाख १४ हजार रुपैयाँ रहेको फाईनान्सले चालु आवको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब ७८ करोड चार लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ४० करोड ६९ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । खुद व्याज आम्दानी छ करोड ६५ लाख १७ हजार रुपैयाँ रहेको फाईनान्सले सो अवधिमा दुई करोड २७ लाख ९८ हजार रुपैयाँ प्रोभिजन गरेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दसमलव छ प्रतिसत रहेको छ ।