बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गिरीको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त : देशले सच्चा र असल नेता गुमायो

आइतबार, भाद्र ५ २०७९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदिप गिरीको निधनमा  दु:ख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीको निधनले एक असल र सच्चा नेता गुमाएको प्रधानमन्त्री देउवाले जनाएका छन् ।

‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खवरले निकै स्तव्ध भएको छु,’ देउवाले भनेका छन्, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’ 

प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको उपचारका क्रममा गएराति ९:३० मा मेडिसिटी अस्पतालमा निधन भएको थियो । 

FanzcxOaQAE_piX.jpg