काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली कांग्रेसका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरि भेट्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेकी छिन्।
केहीबेर अघि राष्ट्रपति विद्यादेवी भण्डारी गिरि भेट्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेकी छिन्।
गिरिको स्वास्थ्यस्थिति स्थिर छ ।
शनिवार दिउँसो जारी स्वास्थ्य अपडेट अनुसार उनलाई भेन्टिलेटर सपोर्टमा नै राखिएको छ। उनका स्वकीय सचिव कृष्ण खनालका अनुसार हिजो शुक्रबार जे अवस्था थियोे अहिले त्यहि स्थिति छ ।
यसैबीच माओवादी अध्यक्ष प्रचण्डले पनि गिरिको स्वास्थ्य अवस्था बुझेका छन् ।
शनिबार बिहान मेडिसिटी अस्पताल पुगेर अध्यक्ष प्रचण्डले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको छ ।
शुक्रबारबाट नेता गिरीको स्वास्थ्य थप जटिल बनेको खबर सार्वजनिक भएपछि गिरिको अवस्था जटिल बन्दै गएपछि कांग्रेस नेताहरु मेडिसिटी अस्पताल पुगेका छन् । कांग्रेस नेता बिमलेन्द्र निधिले पनि हिजो नै गिरिको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए ।
झण्डै एक महिनादेखि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई बिहीबारदेखि नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ ।
भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका गिरिको स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटीमा भर्ना गरिएको थियो ।