बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यती डेभलपमेन्टको आस्वा योजना सुरु

बिहिबार, माघ २० २०७३

काठमाडौ माघ २०
यती डेभलपमेन्ट बैकले आस्वा बचत योजना सञ्चालनमा ल्याएको छ । निक्षेपकर्ताहरुको लागि आकर्षक ब्याज सहितको यती आस्वा बचत योजना संचालनमा ल्याएको बैकले जानकारी दिएको छ । 
न्यूनतम एक सय रुपैयाँमा खाता खोल्न सकिने उक्त निक्षेप योजना अन्तर्गत निक्षेपकर्ताहरुले बचत खाता मा नै बार्षिक छ प्रतिशतको आकर्षक ब्याज प्राप्त गर्न सक्ने छन् । धितो पत्र बोर्डबाट आस्वा प्रणालीको अनुमति प्राप्त गरेको यती डेभलपमेण्ट बैंकले बिभिन्न कम्पनीहरुको शेयर फारम भर्न ग्राहकहरुलाई न्यूनतम मौज्दातमा खाता खोल्न सकिने र रोक्का राखिएको रकमको उच्चतम् प्रतिफल दिने अभिप्रायले यस प्रकारको खाता संचालनमा ल्याएको हो ।  देशभर २५ वटा शाखाहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको बैंकले ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी प्रधान कार्यालय दरवारमार्गबाट सांझ ७ बजे सम्ममको सन्ध्याकालीन काउन्टर र शनीवार तथा अन्य सार्वजनीक बिदाका दिनहरुमा दिंउसो १२ बजे देखि २ बजे सम्मको होली डे काउन्टर संचालन गर्दै आईरहेको छ ।