काठमाडौ माघ १९
फेवा बिकास बैकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा १८ करोड १५ लाख ४८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैकको यस्तो मुनाफा ११ करोड दुई लाख ७५ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुंजी एक अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँ रहेको बैकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा १२ अर्ब ५९ करोड एक लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब १३ करोड ६६ लाख ७३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा एक अर्ब २३ करोड ६० लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले सो अवधिमा ३४ करोड ७८ लाख ८२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रोभिजन रकम दुई करोड छ लाख ७२ हजार रुपैयाँ रहेको बैकको राईट व्याक रकम भने ४६ लाख ४४ हजार रुपैयाँ रहेको छ । निष्क्रिय कर्जाको अनुपात शुन्य दसमलव ८४ प्र्रतिसत रहेको बैकको स्प्रेड दर पाँच दसमलव ९३ प्रतिसत रहेको छ ।