काठमाडौ माघ २०
नेपाल धितोपत्र बोर्डले डिप्रोक्स लघुबित्त बिकास बैकलाई हकप्रद सेयर निकाशन गर्न अनुमती दिएको छ । बोर्डले उक्त बैकलाई एक बराबर एकको अनुपातमा २५ करोड ७९ लाख २३ हजार आठ सय ४५ रुपैयाँ बराबरको २५ लाख ७९ हजार दुई सय ३८ दसमलव ४५ हकप्रद सेयर निष्काशनको लागि अनुमती दिएको हो । बैकको सेयर निष्काशन तथा बिक्री प्रवन्धक नबिल ईन्भेष्टमेन्ट बैकिङ लिमिटेड रहेको छ ।
यसैगरी बोर्डले नेरुडे लघुबित्त बिकास बैकलाई पनि चुक्ता पुंजीको ५० प्रतिसतको अनुपातमा हकप्रद सेयर निष्काशनको लागि अनुमती दिएको छ । बोर्डले बैकलाई दुई बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी नौ करोड रुपैयाँ बराबरको नौ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमती दिएको हो । बैकको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनसिएम मर्चेन्ट बैकिङ लिमिटेड रहेको छ ।