बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयकको सन्देश सदनलाई जानकारी

मंगलबार, साउन ३१ २०७९

काठमाडौं ।  प्रतिनिधिसभामा राष्ट्रपतिबाट संदेशसहित नागरिकता विधेयक फिर्ताको संदेश प्रस्तुत भएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रपतिबाट प्राप्त नागरिकता विधेयक फिर्ताको संदेश प्रस्तुत गरेका हुन् ।

राष्ट्रपतिको संदेशबारे सदनलाई जानकारी गराएपनि अगाडि बढाउने विषयका सन्दर्भम दलहरु एकमत छैनन् ।

आजको बैठकमा  ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई  बहुमतले पारित गरेको छ । 

अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए। त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले अर्थसमितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।