काठमाडौं । नेकपा एमाले काठमाडौंले आज बिरोध प्रदर्शन गर्दैछ ।
गठबन्धन सरकारले फोहोर व्यवस्थापनमा गरेको बेवास्ताप्रति बिरोध प्रदर्शन गर्न लागेको हो । बिरोध कार्यक्रम अपरान्ह ४ बजे शुरु हुनेछ ।
सिसडोलको समस्याकै कारण राजधानीका बासिन्दा दुर्गन्धमा बस्न बाध्य छन् । राजधानीवासीलाई सहज रुपमा फोहोर व्यवस्थापन गर्छु भनेर एजेन्डा उठाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि केही गर्न सकेको अवस्था भने छैन ।
मेयर साहले काठमाडौंको फोहोर व्यवस्थापन गर्न आफूसँग थुप्रै विकल्पहरू भएको बताइरहँदा अहिले राजधानीमा थुप्रिएको फोहोरले उनका एजेन्डा र भनाइहरूलाई गिज्याइरहेका छन् । राजधानीमा विभिन्न चोकरगल्लीहरूमा अहिले फोहोरको डंगुर यत्रतत्र देख्न सकिन्छ । जनताले चाँडो फोहोर व्यवस्थापनको काम महानगरले गरिदेओस् भन्ने पर्खाइमा छन् । तर, फोहोरको समस्या उस्तै छ ।
बाटोमा हिँड्नै पनि सकस छ । बटुवाहरुले कानाक थुनेर गन्तव्य तताउनुको विकल्प देख्दैनन् ।
फोहोर विसर्जन गर्ने क्षेत्र अर्थात् सिसडोल जाने सडक अहिले बिग्रिएर गाडी चल्नै नसक्ने भएको छ । त्यहाँको सडक मर्मत हुन नसक्दा काठमाडौंको फोहोर सडकमै थुप्रिएका छन् ।