बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरु

शुक्रबार, साउन २७ २०७९

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक सकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको दोस्रो कार्यसमिति बैठक बिहीबार साँझ सकिएको हो ।

यस अघि साउन ५ गते डाकिएको कार्यसमितिको बैठक स्साकस्सीपछि एजेन्डामा प्रवेश नगरी अनिश्चितकालका लागि स्थगित भएको थियो । तर, दोस्रो बैठक भने सौहार्दपूर्ण ढंगले सकिएको छ । बैठकमा मुख्य २२ वटा एजेन्डामा छलफल भएको र निर्णय भएको एन्फाले जनाएको छ।

कार्यसमिति बैठकले एन्फाको विशेष साधारणसभा ओज १२ गते गर्ने निर्णय गरेको छ । बैठकले नरेन्द्र श्रेष्ठलाई मानार्थ अध्यक्ष र किशोर राईलाई वरिष्ठ मानार्थ उपाध्यक्ष चयन गरेको छ । एन्फाको प्रवक्तामा सुरेश शाहलाई नियुक्त गरेको छ । पहिलो बैठकले नियुक्त गरेको अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुख नविन पाँडेलाई बर्खास्त गरेको छ ।  

बैठकले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीबारे निर्णय गर्ने जिम्मेवारी महासचिव किरण राईलाई दिएको छ ।

त्यस्तै बैठकले घरेलु मैदानमा बंगलादेशविरुद्ध असोजमा हुने मैत्रीपूर्ण खेलमा अलमुताईरी उपस्थित नहुने भएपछि प्रदिप हुमागाईलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको छ ।

दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण असोज ११ गते गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न दिने बैठकले निर्णय गरेको छ ।

बैठकले एनएसएल आगामी असोज २३ गतेबाट मंसिर २ गतेसम्म संचालन गर्न दिने निर्णय गरेको हो ।

बैठकले एनएसएससँगको त्रुटिपूर्ण सम्झौता खारेज गर्न र सम्झौता नविकरण गर्न अध्यक्ष पंकज विक्रम नेम्वाङको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।

बैठकले महिला साफको दुई फरक टिकट मूल्य निर्धारण गरेको छ । सामान्य प्यारापिटतर्फ ३ सय र भिआइपीतर्फ  ५ सयको टिकट मूल्य निर्धारण गरेको छ ।  यस्तै दिउसो १ बजे र साँझ ५:३० बजे खेल खेलाउने निर्णय गरेको छ  ।

राष्ट्रिय महिला लिगको दोस्रो चरण महिला साफपछि विराटनगरमा गर्ने निर्णय गरेको छ । ललित स्मृति यू-१८ फुटबल २०८० को जेठ २९ देखि असार १० गतेसम्म गर्ने निर्णय गरेको छ ।    

बैठकको निर्णयहरु :

1.jpg

2.jpg

3.JPG