काठमाडौँ : अखिल नेपाल फुटल संघ (एन्फा)ले नविन पाण्डेलाई विदेश विभाग प्रमुख पदबाट हटाएको छ । बिहीबार बसिरहेको एन्फा कार्यसमिति बैठकले पाण्डेलाई विदेश विभाग प्रमुख पदबाट हटाएको हो ।
पाण्डे अब एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङका प्रमुख सल्लाहकार रहने भएका छन् । उनलाई जिम्मेवारीबाट हटाउन दवाव आएपछि एन्फा यस्तो निर्णयमा पुगेको हो ।
‘पाण्डे विदेश विभाग प्रमुखको जिम्मेवारीबाट हटेका छन् । उनी अब अध्यक्षका प्रमुख सल्लाहकार रहने छन्,’ बैठकमा सहभागि एक सदस्यले रातोपाटीलाई भने ।