बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शिखर इन्स्योरेन्सको १३ लाख ६२ हजार कित्ता एफपिओ निष्काशन गर्ने

सोमबार, माघ १७ २०७३

काठमाडौ माघ १७
शिखर इन्स्योरेन्स कम्पनीले पनि फर्र्दर पब्लिक सेयर (एफपिओ) निष्काशन गर्ने भएको छ । एक सय रुपैयाँ अंकित मुल्यमा १५ सय २० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १६ सय २० रुपैयाँमा एफपिओ निष्काशन गर्न लागेको कम्पनीले जानकारी दिएको छ । 
चुक्ता पुंजीमा साधारण सेयरधनी समुहको अनुपात ४० प्रतिसत कायम गर्न आवस्यक १३ लाख ६२ हजार सात सय ७१ कित्ता साधारण सेयर कम्पनी ऐन २०६३ को दफा १९ बमोजिम निष्काशन गर्ने प्रकृया सुरु गरेका हौं, कम्पनीले भनेको छ । एफपिओ निष्काशको अनुमतीको लागि नेपाल धितोपत्र बोर्डमा आवदेन गरिने र बोर्डका निर्णय अनुसार प्रतिकित्ता एफपिओको मुल्य फरक समेत पर्न सक्ने कम्पनीले जनाएको छ ।