शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

रुसी गोलाबारीमा १२ युक्रेनीको मृत्यु

बिहिबार, साउन २६ २०७९

काठमाडौँ : युक्रेनको मध्यभागमा रातभर रुसी गोलाबारी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

निप्रोपेत्रोभस्क क्षेत्रका गभर्नरले आफ्नो क्षेत्रमा ११ जनाको ज्यान गएको र जापोरिज्जिया क्षेत्रमा अन्य एक जनाको मृत्यु भएको बताएका छन् ।

जापोरिज्जियामा युरोपकै सबैभन्दा ठूलो आणविक उर्जा संयन्त्र रहेको छ । दुई देशले एकअर्कालाई सप्ताहन्तमा गोलाबारी गरेको आरोप लगाएका छन् ।
रुसले युक्रेनमा विस्फोटका शृंखला घटाएको बताइरहेका बेला पछिल्लो विवरण सार्वजनिक भएको हो ।

त्यसअघि रुसी एयरबेसमा शृंखलाबद्ध विष्फोटमा एक जनाको मृत्यु भएको विवरण सार्वजनिक भएका थियो ।